काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रामा जनधन गुमाउनु परेको र सो बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाको नदी तटिय क्षेत्रलाई प्रत्यक्ष र सो क्षेत्रमा विभिन्न उद्देश्यले रहनु भएमा देशविदेशका नागरिकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनधनको क्षति भएकोले मुक्तिनाथ विकास बैंक परिवार मर्माहत भएको जनाएको छ । बैंकले यस विपत्तिको घडिमा जीवन गुमाउनु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.
देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व हो ।
विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।



































