National life

नेप्से फेरि ओरालो, यी कम्पनीका लगानीकर्ता उत्साहित

३ अर्ब ७४ करोडको कारोबार, बजार घट्दा कुन कम्पनी चम्किए?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२१ असोज २०८३, बुधबार
427Shares
नेप्से फेरि ओरालो, यी कम्पनीका लगानीकर्ता उत्साहित
ncell

काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ विन्दुमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा १ करोड ३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १०० वटाको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

बढ्ने कम्पनीतर्फ घलेम्दी हाइड्रोको सेयर मूल्य ६.३५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, एनआईसी एसिया ब्यालेन्स फन्डको ५.८३ प्रतिशत, इग्वा हाइड्रोको ४.८५ प्रतिशत, आईसीएफसी फाइनान्स डिबेन्चरको ४.७८ प्रतिशत र सानिमा मिडल तमोरको ३.६६ प्रतिशतले सेयर मूल्य बढेको छ।

बजारमा बढ्नेभन्दा घट्ने कम्पनीको संख्या बढी रहेसँगै समग्र नेप्से परिसूचक दबाबमा परेको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?