National life
cg eloctronics

नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीका सेयरधनीले कमाए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
4KShares
नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीका सेयरधनीले कमाए
muktinatha bikash bank

काठमाडौं । बिहीबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो कारोबार दिन १.४० अंकले बढेको बजार बिहीबार कारोबार सुरु भएको दुई मिनेटसम्म सकारात्मक देखिए पनि त्यसपछि दिनभरजसो दबाबमा रह्यो।

बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ७ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ।

everest bank

यस दिन ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत सूचकतर्फ माइक्रोफाइनान्सबाहेक सबै समूह घटेका छन्। माइक्रोफाइनान्स समूह भने ०.०९ प्रतिशतले बढेको छ। अन्य सबै समूहको गिरावट १ प्रतिशतभन्दा कम रहेको छ।

बिहीबार बैंकिङ समूह ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन्।

यस दिन स्नो रिभर्सको सेयर मूल्य सर्वाधिक २.८७ प्रतिशतले बढेको छ। त्यस्तै, एसियन हाइड्रोपावरको २.७०, मेरो माइक्रोफाइनान्सको २.४२, भगवती हाइड्रोपावरको २.३८ र आँखुखोला जलविद्युत्को २.३७ प्रतिशतले मूल्य बढेको छ।

यता चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.६१ प्रतिशतले घटेको छ। हिमालयन रिइन्स्योरेन्सको ३.७५ तथा उन्नति सहकार्य लघुवित्त र भुजुङ हाइड्रोपावरको सेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यसपछि नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपि पावर, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त र राधि विद्युत् क्रमशः अगाडि रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?