काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बालुवाटारस्थित हेल्थी च्वाइस एस्थेटिक हस्पिटलका विभिन्न स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवामा छुट पाउने भएका छन्। यसका लागि बैंक र अस्पतालबीच विशेष छुट उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको हो।
समझदारीअनुसार बैंकका ग्राहकले अस्पतालबाट प्राप्त हुने हेयर ट्रान्सप्लान्टेसन तथा रेस्ट्रोरेसन, छाला उपचार, एस्थेटिक तथा बडी स्लिमिङलगायतका सेवामा अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन्।
प्लास्टिक सर्जरीअन्तर्गतका सेवामा भने ५ हजारदेखि १० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ।
उक्त सुविधा लिन ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा, डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले अस्पतालसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा आर्थिक सुविधा पुग्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।


































