National life
cg eloctronics

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ भदौ २०८३, सोमबार
4.5kShares
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा
muktinatha bikash bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५।२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैठकले चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत बराबर हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित रकममा लाभांश करसमेत समावेश छ।

everest bank

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कायम वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको हो।

सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाइनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको साधारण सभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ।

त्यसपछि कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा ९२० बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्र स्वीकृत लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
4.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

टिप्पणीहरू (१)

छुटाउनुभयो कि ?