National life
cg eloctronics

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१५ दिन अगाडि|२६ कात्तिक २०८३, बिहिबार
1.6kShares
एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
muktinatha bikash bank

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान पाँच खेल खेलेको पोखरा २ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

everest bank

पाँच खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ भने ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।

प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब छ । त्यसैले लुम्बिनीविरुद्धको खेल कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?