National life

चाँडै पेट्रोलियम पदार्थको मूल्य घट्ने अर्थमन्त्री डा.वाग्लेको भनाइ

मूल्यवृद्धिपछि राहत: अब इन्धन घट्ने तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१४ असार २०८३, आइतबार
1.1kShares
चाँडै पेट्रोलियम पदार्थको मूल्य घट्ने अर्थमन्त्री डा.वाग्लेको भनाइ
ncell

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य निकट भविष्यमा घट्ने संकेत दिएका छन्।

उनका अनुसार मध्यपूर्व क्षेत्रमा उत्पन्न तनावका कारण केही समयअघि इन्धनको मूल्य बढेको भए पनि अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ, जसले मूल्य घट्ने आधार तयार भएको छ।

उपभोक्तामाथि परेको भार कम गर्न सरकारले हालै डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको उनले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा भएको परिवर्तनको असर नेपालमा देखिन केही समय लाग्ने उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले अब मूल्य समायोजन भएर घट्ने प्रक्रिया सुरु हुने अपेक्षा व्यक्त गर्दै उपभोक्तालाई राहत मिल्ने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?