National life

राहदानी छपाइ विवाद: अख्तियारले आरजु राणालाई बयानका लागि डाक्यो

तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
945Shares
राहदानी छपाइ विवाद: अख्तियारले आरजु राणालाई बयानका लागि डाक्यो
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। राहदानी छपाइसँग सम्बन्धित काममा अनियमितता भएको भन्ने उजुरीमाथि छानबिन गर्ने क्रममा आयोगले उनलाई उपस्थित हुन निर्देशन दिएको हो।

जारी सूचनाअनुसार, जानकारी प्राप्त गरेको मितिले तीन दिनभित्र आयोगमा हाजिर हुन भनिएको छ। तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सूचना अनुसन्धान अधिकृतमार्फत २०८३ असार २ गते जारी गरिएको जनाइएको छ। हाल राणा दम्पती सिंगापुरमा रहेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
945SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?