National life
cg eloctronics

भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ दिन अगाडि|३० कात्तिक २०८३, सोमबार
1.2kShares
भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ
muktinatha bikash bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‍को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले आजै उनीहरूलाई शीतल निवासमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको थियो ।

everest bank

संसदीय सुनुवाइ समितिले १३ जना मध्ये १० जनाको नाम अनुमोदन गरेको थियो । १० जना प्रस्तावित राजदूतहरू मध्ये भारत, चीन र इजरायलका राजदूतको अग्रिमो आएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?