National life

बाढीले पुरेको घर खन्दा निस्कियो करोडौँको धन! भेटियो १५ तोला सुन र ४ लाख नगद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
351Shares
बाढीले पुरेको घर खन्दा निस्कियो करोडौँको धन! भेटियो १५ तोला सुन र ४ लाख नगद
ncell

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित एक घरको भग्नावशेषबाट ठूलो परिमाणमा सुन, चाँदी र नगद फेला पारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म नुवाकोटबाट खटिएको टोलीले स्थानीय अनुज जोशीको बाढीले पुरिएको घरको भग्नावशेष खन्दा अन्दाजी १५ तोला सुन, ६ तोला चाँदी र ४ लाख रुपैयाँ नगद फेला पारेको हो ।

असोज १२ गते सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमाण्डमा रहेको खोज तथा उद्धार टोलीले भग्नावशेषबाट उक्त धनमाल फेला पारेको थियो ।

Royal Enfield
nic asia capital

फेला परेको सुन, चाँदी र नगद स्थानीय रोहवरमा सम्बन्धित घरधनी अनुज जोशीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गत भदौ १० गते आएको विनाशकारी बाढीबाट नुवाकोटसहित प्रभावित क्षेत्रमा ठूलो मात्रामा भौतिक तथा सम्पत्तिको क्षति भएको थियो । बाढीपछि सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र नागरिकको जीउधन सुरक्षाका लागि निरन्तर टोली परिचालन गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
351SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?