National life

रसुवा बाढीमा माछापुच्छ्रे बैंकका ५ कर्मचारी अझै सम्पर्कविहीन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.4kShares
रसुवा बाढीमा माछापुच्छ्रे बैंकका ५ कर्मचारी अझै सम्पर्कविहीन
ncell

काठमाडौँ । रसुवाको टिमुरे आसपासमा आएको भीषण बाढीपछि माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँच जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ भदौ १० गते बिहान करिब ८ः४० बजे रसुवा जिल्लाको टिमुरे आसपासमा आएको विशाल बाढीका कारण शाखामा कार्यरत कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन सकेको छैन। बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत अवरुद्ध भएकाले कर्मचारीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भइरहेको जनाइएको छ।

बैंकका अनुसार सम्पर्कविहीन कर्मचारीहरूमा भीम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र निङ्मा तामाङ रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल माछापुच्छ्रे बैंकमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेको छ।

यसअघि नेपाल बैंकर्स एसोसिएसनले रसुवाको बाढीका कारण विभिन्न बैंकका शाखामा कार्यरत दर्जनौँ कर्मचारी सम्पर्कविहीन भएको जनाएको थियो। बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?