National life

रसुवा बाढीपीडितका लागि अमेरिकाबाट आयो ४० टनभन्दा बढी राहत सामग्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
1KShares
रसुवा बाढीपीडितका लागि अमेरिकाबाट आयो ४० टनभन्दा बढी राहत सामग्री
ncell

काठमाडौं । रसुवा बाढीपीडितका लागि अमेरिकाबाट पठाइएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ ।

अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो । बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत उक्त सामग्री २ हजार ६ सय परिवारलाई वितरण गरिने जनाइएको छ ।

राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्ती लगायतका अत्यावश्यक सामग्री रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकी दूतावासले नेपालको आवश्यकता अनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?