National life

रावल बने राष्ट्र बैंकका डेपुटी गभर्नर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०४ भदौ २०८३, बिहिबार
985Shares
रावल बने राष्ट्र बैंकका डेपुटी गभर्नर
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रावल हाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । राष्ट्र बैंकमा करिब २० वर्षको अनुभव बोकेका उनी बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणका साथै मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन र सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा अनुभवी मानिन्छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सन् २०१९ देखि २०२४ सम्म वित्तीय जानकारी इकाईको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए । वित्तीय अपराध नियन्त्रण तथा आतंकवादमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा समेत उनको अनुभव रहेको छ ।

शैक्षिक रूपमा रावलले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधि शोधार्थीसमेत हुन् ।

डेपुटी गभर्नरका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रावलसँगै डा. दिल्ली पोख्रेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । मन्त्रिपरिषद्ले रावललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल सकिएपछि दुवै पद रिक्त भएका थिए । सरकारले यसअघि एक पदमा किरण पण्डितलाई नियुक्त गरिसकेको थियो । रावलको नियुक्तिपछि राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर पदमा नयाँ नेतृत्व आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?