National life

सम्पत्ति शुद्धिकरण निवारण विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ असार २०८३, बिहिबार
991Shares
सम्पत्ति शुद्धिकरण निवारण विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
ncell

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विधेयक पारित हुनुअघि भएको छलफलमा भाग लिँदै केही प्रतिपक्षी सांसदहरूले विधेयकलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेका थिए। यद्यपि, उनीहरूको सुझावका बाबजुद प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो। 

यो समाचार शेयर गर्नुहोस्
991SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?