National life

अर्थ र शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
590Shares
अर्थ र शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै
ncell

काठमाडौँ । सोमवार चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दै छ ।

अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । 

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?