National life
cg eloctronics

बाढीपीडितको उद्धार तथा राहतका लागि शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ भदौ २०८३, सोमबार
1.7kShares
बाढीपीडितको उद्धार तथा राहतका लागि शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
muktinatha bikash bank

काठमाडौं — शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनस्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

प्राकृतिक विपटका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति पुगी नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सो कोषमा रकम सहयोग गरिएको बैंकले जनाएको छ। विपत्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनस्स्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरूलाई सहयोग पुर्‍याउने मानवीय कार्यमा बैंकले पूर्ण ऐक्यबद्धता जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। यसका साथै, बाढीमा परी हालसम्म पनि सम्पर्कमा नआएका नागरिकहरूको सकुशल उद्धार एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?