National life

सोल्टी होटलका श्रमिक युनियनद्वारा कर्मचारी सरुवा निर्णयको विरोध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ असोज २०८३, शुक्रबार
427Shares
सोल्टी होटलका श्रमिक युनियनद्वारा कर्मचारी सरुवा निर्णयको विरोध
ncell

काठमाडौं । द सोल्टी होटलका तीनवटै श्रमिक युनियनले व्यवस्थापनले कर्मचारी सरुवा गर्ने सम्बन्धमा सार्वजनिक गरेको सूचनाप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन् ।

युनियनहरूले भदौ २१ गते संयुक्त विज्ञप्ति जारी गर्दै सेप्टेम्बर १८ मा व्यवस्थापनले सार्वजनिक गरेको सूचनाले श्रमिकको हक, सम्मानजनक श्रम र सामान्य श्रम सम्बन्धको अवधारणालाई प्रभावित गरेको दाबी गरेका छन् ।

व्यवस्थापनको एकतर्फी निर्णयका आधारमा कर्मचारी सरुवा गर्ने प्रक्रिया सामान्य श्रम व्यवहार, मानव अधिकार तथा सम्मानजनक श्रमको अवधारणाविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको श्रमिकले होटलमा गरेको योगदानको अवमूल्यन गर्दै हचुवाको भरमा सरुवा गर्ने निर्णय गरिएको युनियनहरूले जनाएका छन् ।

Royal Enfield
nic asia capital

होटल व्यवस्थापनले सेप्टेम्बर १८, २०२६ मा सूचना जारी गर्दै होटलको प्रिन्सेप विङ भवनको स्तरोन्नति तथा पुनर्निर्माणका कारण होटलका विभिन्न विभागमा कार्यरत श्रमिक तथा कर्मचारीलाई अन्तर—विभाग सरुवा गरिने निर्णय गरेको थियो । 

व्यवस्थापनले प्रभावित विभागमा रहेका जनशक्तिको उचित व्यवस्थापन तथा पुनर्संरचनाका लागि सेप्टेम्बर २२, २०२६ देखि लागू हुनेगरी कर्मचारी तथा श्रमिकलाई पुनर्निर्माण सम्पन्न नभएसम्मका लागि अन्तर—विभाग सरुवा गर्ने निर्णय गरेको थियो । 

पुनर्निर्माण अवधिभर उक्त भवनका अतिथि कोठा र गार्डेन टेरेसको सेवा पूर्णरूपमा बन्द रहने भएकाले होटल पूर्ण क्षमतामा सञ्चालन नहुने व्यवस्थापनले जनाएको छ । होटलको सञ्चालन क्षमता घटेसँगै हाउसकिपिङ, इन्जिनियरिङ, फुड एन्ड बेभरेज, रुम सर्भिस र फ्रन्ट अफिसलगायत विभाग प्रत्यक्ष रूपमा प्रभावित हुने जनाइएको छ ।

युनियनहरूले व्यवस्थापनको उक्त निर्णयप्रति गम्भीर असहमति जनाउँदै होटलमा उत्पन्न वातावरणलाई न्यायपूर्ण ढंगले समाधान गर्न माग गरेका छन् । साथै, सम्पूर्ण श्रमिकलाई शान्त, सहज र तनावमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न व्यवस्थापनको ध्यानाकर्षण गराएका छन् ।

समस्या समाधान नभए श्रमिकको हक र अधिकार संरक्षणका लागि आफूहरू थप कदम चाल्न बाध्य हुने चेतावनी पनि युनियनहरूले दिएका छन् । त्यसपछि उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी व्यवस्थापनले लिनुपर्ने उनीहरूको भनाइ छ ।

संयुक्त विज्ञप्तिमा अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघ (आधिकारिक युनियन), नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ द सोल्टी र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेण्ट मजदुर युनियन द सोल्टीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?