National life
cg eloctronics

सुदन किरातीको कटाक्ष : ‘पुरानाले घुस खायो भन्थे, नयाँले त देशै खाला भन्ने चिन्ता बढ्यो’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.8kShares
सुदन किरातीको कटाक्ष : ‘पुरानाले घुस खायो भन्थे, नयाँले त देशै खाला भन्ने चिन्ता बढ्यो’
muktinatha bikash bank

संखुवासभा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नयाँ भनिएका राजनीतिक शक्तिबाटै देशको भविष्यप्रति चिन्ता बढ्न थालेको टिप्पणी गरेका छन्। पुराना दलमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको भन्दै उनले नयाँ शक्तिले देश नै जोखिममा पार्ने हो कि भन्ने आशंका व्यक्त गरेका हुन्।

संखुवासभाको चिचिला गाउँपालिकामा आयोजित पार्टीको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले भने, ‘पुरानाले घुस खायो भन्थे, नयाँले त देशै खाला भन्ने चिन्ता बढेर गएको छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले सत्ताधारी दलले बहुमत पाएपछि देशमा परिवर्तन ल्याउने र भ्रष्टाचारका फाइल खोलेर दोषीलाई जेल पठाउने प्रतिबद्धता जनाएको स्मरण गराए। जनताले पर्याप्त समर्थन र बहुमत दिँदा पनि सरकारले प्रतिबद्धताअनुसार काम गर्न नसकेको उनको आरोप थियो।

‘सत्ताधारी दलका साथीहरू संख्या पुगेन भन्थे, जनताले पुर्‍याइदिए। बहुमत पाएको दिन जादु गर्छौं भन्थे, जादु भएको छैन। तीनवटा फाइल खोल्दा सबै जेल जान्छन्, देश चकाचक बनाइन्छ भन्थे। तर फाइल किन खोलिएन ? फाइल कसले खोल्न दिएन ? कहिलेसम्ममा खुल्छ ? कति धैर्य गर्नुपर्ने हो जनताले भनिदिनुहोस्,’ उनले प्रश्न गरे।

everest bank

किरातीले जनताले ठूलो समर्थन दिँदा पनि सरकारले समयमै जिम्मेवारी पूरा गर्न नसके त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिए। ‘भिरमा जाने गाईलाई काँध थाम्न नसकिने’ भन्दै उनले सरकारलाई बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरे।

उनले जनताको जीवन संकटग्रस्त बन्दै गएको, लगानीकर्तामा त्रास बढेको र कर्मचारीतन्त्र अस्तव्यस्त भएको टिप्पणी गरे। अन्तर्राष्ट्रिय विश्वास कमजोर हुँदै जाँदा नेपालको भू–राजनीतिक अवस्था पनि जटिल बन्दै गएको भन्दै उनले यी विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

श्रम संस्कृति पार्टीको हातेमालो कार्यक्रमअन्तर्गत चिचिला गाउँपालिकामा आयोजित कार्यक्रममा किरातीले अन्य राजनीतिक दल परित्याग गरी आएका दर्जनौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?