नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ रहेको थियो । यस हिसाबले एकैदिन सुनको भाउ ५ हजार रुपैयाँले घटेको हो ।
यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६५५ रुपैयाँ थियो । यसअनुसार चाँदी एकैदिन प्रतितोला १४५ रुपैयाँले सस्तिएको हो ।
त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ८६७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो ।
सुन र चाँदी दुवैको मूल्यमा एकैदिन उल्लेख्य गिरावट आएको हो ।
































