National life

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|०६ भदौ २०८३, शनिबार
3.8kShares
सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान
ncell

त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै कम्पनीले विभिन्न नीति तथा कार्यक्रमहरू निर्माण र कार्यान्वयन गर्दै आएको बताउनुभयो। उहाँले अभिकर्ताहरूको व्यवसायिक यात्रालाई सहज बनाउन कम्पनी सधैँ सहकार्य र सहजीकरणका लागि तयार रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनाहरूलाई निरन्तरता दिइने बताउनुभयो।


3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत


कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club का योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँचलाई थप व्यापक बनाउँदै अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।


यो समाचार शेयर गर्नुहोस्
3.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?