काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरिएको छ। ट्राफिक प्रहरीले कुल २ हजार २९९ जनालाई कारबाही गर्दा राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।
कारबाहीमा परेकामध्ये ९५ जनाले मादक पदार्थ सेवन गरेर सवारी चलाएका थिए भने ९९ जना अवैध रूपमा राइड सेयरिङमा संलग्न थिए। त्यस्तै, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२९ र तीव्र गतिमा सवारी चलाउने १४७ जनालाई पनि कारबाही गरिएको छ।
यसैगरी, लेन अनुशासन नमान्ने १०८, निषेधित स्थानमा हर्न बजाउने ११५, सडकपेटीमा पार्किङ गर्ने ८७ र एकतर्फी सडकमा सवारी चलाउने ९८ जनामाथि कारबाही भएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४२१ जना पनि कारबाहीमा परेका छन्।


































