National life

स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|०६ भदौ २०८३, शनिबार
1.6kShares
स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको दाबी गरेका छन् । दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अहिले आफूले ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका हुन् ।

सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन् । उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ ।’

उनले अमेरिकाले होर्मुज क्षेत्रमा ‘पूर्ण नियन्त्रण’ गरेको दाबी गर्दै, ‘म अहिले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्छु,‘ भने । यसअघि संयुक्त आधार एन्ड्र्युजमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको नाकाबन्दीका कारण उक्त क्षेत्रमा पूर्ण नियन्त्रण रहेको र होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने विचारलाई समर्थन गरेको बताएका थिए ।

यद्यपी, ट्रम्पको दाबीलाई इरानले भने अस्वीकार गरेको छ । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको भनाइलाई ‘भ्रम’ को संज्ञा दिँदै परिस्थितिले वा इरानले नै त्यसलाई सच्याउने चेतावनी दिएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले पनि ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै अमेरिकाले होर्मुज खोल्न नसक्ने अवस्था र त्यसको स्वामित्व दाबी गर्ने कुरा बीच ‘७ हजार माइलभन्दा ठूलो दूरी’ रहेको टिप्पणी गरेका छन् ।

विश्वको ठूलो परिमाणको तेल तथा ग्यास आपूर्ति हुने स्ट्रेट अफ होर्मुजलाई लिएर पछिल्ला दिनमा वासिङ्टन र तेहरानबीच तनाव बढ्दै गएको छ । ट्रम्पले हालै इरानविरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर अभियान’ सञ्चालन गरेको दाबी गर्दै तेहरानलाई आर्थिक वा सरकारी सहयोग गर्ने मुलुकलाई पनि कडा आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

यता इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकाले १४ बुँदे समझदारीअनुसार नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेल प्रतिबन्ध खुकुलो बनाउने प्रतिबद्धता पूरा नगरेसम्म स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा नखोलिने बताएका छन् । एएनआई

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?