National life

उपत्यकामा २५३५ चालक कारबाहीमा, मादक पदार्थदेखि ओभरस्पिडसम्म

मादक पदार्थ सेवन गरी सवारी चलाउने १०१ जना माथि कारबाही

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०३ असार २०८३, बुधबार
881Shares
उपत्यकामा २५३५ चालक कारबाहीमा, मादक पदार्थदेखि ओभरस्पिडसम्म
ncell

काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ५३५ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट करिब १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १२९ जना, ट्राफिक लाइट उल्लङ्घन गर्ने १०६ जना र तीव्र गतिमा सवारी चलाउने १३८ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, लेन अनुशासन नमानेका ८१, निषेधित स्थानमा हर्न बजाउने १४१, सडकपेटीमा पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ६०९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
881SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?