National life

त्रिभुवन विमानस्थलबाट १०० किलो सुन समातियो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
1.3kShares
त्रिभुवन विमानस्थलबाट १०० किलो  सुन समातियो
ncell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० केजी ( एक क्विन्टल) बराबरको सुन समातिएको छ । राजस्व अनुसन्धानको टोलिले विशेष सुराकीको आधारमा भन्सार पास हुदै गरेको सुन बुधबार समातेको हो ।

झण्डै १०० केजी अनुमान गरिएको सुन हालसम्म बरामद गरिएको ठूलो परिमाण भएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । सुनसँगै ऐजेन्ट र भरिया गरि दुई जनालाई समेत पक्राउ गरिएको विभागले जनाएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अबैध सुन हङकङबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भन्सार छल्दै ट्याक्सीमा राखेर सुन एयरपोर्टबाट ल्याउदैगर्दा विभागबाट खटिएको टोलीले सुनसहित दुई जनालाई पक्रिएको हो ।
अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?