National life

आइएमई लाइफद्वारा सातै प्रदेशमा वित्तीय जनचेतनामूलक कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
459Shares
आइएमई लाइफद्वारा सातै प्रदेशमा वित्तीय जनचेतनामूलक कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । वित्तीय साक्षरताद्वारा युवा सशक्तिकरण गर्ने उद्देश्यका साथ आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरुलाई सामान्य वित्तिय ज्ञान दिने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले शनिबार सातवटै प्रदेशका विभिन्न ४१ स्थानहरुमा उपरोक्त तालिम कार्यक्रम गरेको हो ।

आइएएई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरिएको हो । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुलुकभर गरिएको वित्तिय जनचेतनामूलक कार्यक्रममा ३ हजार भन्दा बढी युवाहरु सहभागी भए । बीमा कम्पनीले एकैदिन ३००० भन्दा बढी युवालाई एकैपटक वित्तिय जनचेतनामूलक अभियान गरेको सम्भवतः यो पहिलो पटक हो ।

भाद्र १ गते आसन्न आफ्नो छैटौं वार्षिकोत्सव मनाउने क्रममा यस अघि आईएम ई लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो ।

आउँदा कार्यक्रमहरुमा भाद्र १ गते जीवन बीमाबारे जनचेतनाका लागि प्रभातफेरी कार्यक्रम तथा देशैभरि रक्तदान कार्यक्रमहरु गरि आफ्नो छैटौं वार्षिकोत्सव मनाउन गइरहेको आई. एम. ई. लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?