काठमाडौं । पछिल्लो समयमा बीमा प्रतिको नागरिक चासो बढिरहेको छ । मानिसहरुले बिभिन्न अवसरहरु जस्तै जन्मदिन, पास्नी, बिवाह र अन्य धेरै शुभ अवसरहरुमा बीमालेख उपहार दिने गरेका छन् ।
यसै सन्दर्भमा ईटहरी १७, सुनसरीका एक दम्पतिले छोराको अन्न प्रासनको शुभ अवसर पारेर भदौ ०४ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।
दम्पति रोशन कार्की र सबिता खनालले छोरा अन्वीक्षण कार्कीको अन्न प्रासन (पास्नी) को अवसर पारेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको नौलो केटाकेटी जिवन बीमा पोलिसीू उपहार दिएका हुन् ।
उनले प्रत्येक जिम्मेवार नागरिकले आफ्नो र आफ्नो परिवारको सदस्यहरुको जीवन बीमा गर्नुपर्नेमा पनि जोड दिए अन्न प्रासनको अवसर पारेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनि धनकुटा शाखामा आवद्द कम्पनीका व्यावसायीक संयोजक पुष्कर खनालले दम्पतिलाई पोलिसी फाइल हस्तान्तरण गरे ।
































