National life

नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
537Shares
नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न
ncell

काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ।

चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीको सहभागिता थियो।

पानसमा दीप प्रज्ज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक कृष्णराज लामिछाने, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्मेलनमा कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरे। आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ कार्यसम्पादन गर्न उनले आग्रह गरे।

अग्रवालले सेल्स टेक्निकका साथ–साथै चाहिने कम्युनिकेसन स्किल टेक्निकका बारेमा समेत प्रकाश पारेका थिए।

सम्मेलनमा सञ्चालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीले गत आवमा गरेका योगदानका निम्ति धन्यवाद दिए। हरेक मान्छेले आफ्नो भ्यालु क्रिएसनमा जोड दिनुपर्ने उनको भनाइ थियो। ‘मान्छे जति राप र तापमा आफूलाई अभ्यस्त बनाउँछ, त्यति नै मान्छे निखारिन्छ र त्यसले मान्छेलाई परिपक्व बनाउँछ’, उनले भने।

सम्मेलनमा सञ्चालक शक्तिकुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने बताए। आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पूर्वतयारी गरी कार्यसम्पादन गर्न उनले आग्रह गरे। प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको कामकारबाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको उनले जानकारी दिए।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारीहरुलाई गत आवको कार्यसम्पादनका लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे। गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै उनले चालु आर्थिक वर्षमा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए।

हाल कार्यरत प्रादेशिक प्रमुखहरुलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए।

सम्मेलनको अन्त्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकबाट सबै सहभागीलाई प्रमाणपत्र साथै गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?