काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा भदौ २८ गते बिहिबार दिउँसो आइपीओ बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेको थियो । उक्त आवेदनबाट १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि योग्य भएका छन् ।
यस हिसावमा योग्य आवेदनबाट ९ लाख जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । बाँकि आवेदककाे भने हात खाली भएका छन् ।
कम्पनीले ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।
शेयर बाँडफाँडको नतिजा विक्री प्रबन्धक बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको वेबसाइट, कम्पनीको वेबसाइट, सिडिइस एण्ड क्लियरिङबाट संचालित वेबसाइबाट हेर्न सकिने छ ।
साथै नतिजा नेपाल एनआईएमबि एस क्यापिटल को वेवसाइटhttps://result.nimbacecapital.com/#/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।





































