National life

सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८०’ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
543Shares
सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८०’ सम्पन्न
ncell

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ काठमाण्डौ दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा शनिबार सम्पन्न भएको छ ।

अवार्ड समारोहमा देशभरबाट छानिएका २०० एजेन्सी म्यानेजर तथा अभिकर्ताको सहभागिता थियो। सो अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरुमध्येबाट सर्वोत्कृष्टहरुलाई अवार्डबाट सम्मानित गरिएको थियो।

देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यावसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र सामूहिक व्यावसायअन्तर्गत उपिन्द्रा राई (नयाँबानेश्वर) लाई अवार्ड, ट्रफी र नगदसहित सम्मानित गरिएको थियो।

त्यस्तै प्रोडक्ट एम्बेसेडरअन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बिमा योजनामा क्रमशः गौरवकुमार शाही र कमलप्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो। सो अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सीईओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो।

कम्पनीले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखका आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफीसहित सम्मान गरेको थियो।

कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने, अभिकर्ता नियुक्ति गर्ने र बीमालेख जारी गर्ने शाखामध्ये बुटवल ट्राफिक चोक, बुटवल चौराहा र नयाँ बानेश्वर शाखालाई शिल्डसहित सम्मानित गरिएको थियो।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसेडर राजेश हमालका साथै कम्पनीका सञ्चालक विवेक झा, नन्दकिशोर शर्मा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवन कुमार खड्कालगायतले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै अवार्ड प्रदान गरेका थिए। साथै कार्यक्रममा सहभागीहरुले ब्रान्ड एम्बेसेडर हमालसँग फोटोसेसनसमेत गरेका थिए।

कार्यक्रममा चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले स्वागत मन्तव्यका साथ गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यावसायिक रणनीति र लक्ष्यका बारेका प्रकाश पारेका थिए।

कार्यक्रममा वरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्काले सूर्यज्योति लाइफ मुलुककै सबैभन्दा उत्कृष्ट जीवन बिमा कम्पनी बन्नु पर्ने दाबी गर्दै भने, ‘यो सम्भव हामीले प्रदान गर्ने सेवाहरु, बीमा योजनाहरु र विश्वासनीयताद्वारा प्राप्त हुन्छ।’

कार्यक्रममा अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हरेक समस्या र चुनौतीलाई चिर्दै अघि बढेको खण्डमा र हामीमा क्षमता, इच्छाशक्ति र दृढ विश्वासका साथ अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए। यसका साथै कम्पनीले समयसापेक्ष उत्कृष्ट बिमा योजना पस्किँदै आएको र बिमितहरुको सहजताका लागि नयाँ–नयाँ प्रविधिमैत्री सेवा बिस्तार गर्दै लागेको जसअन्तर्गत ल्याइएको ‘मोबाइल एप’ अभिकर्ता र बीमितका लागि एकदमै उपयोगी भएको बताए।

कार्यक्रममा कम्पनीका सञ्चालक विवेक झाले उपस्थित अभिकर्तालाई सम्बोधन गर्दै कम्पनीलाई मुलुककै नमुना र विश्वसनीय जीवन बीमा कम्पनीका रुपमा स्थापित गरी बीमा कम्पनीहरुका बीच आफूलाई अब्बल र उत्कृष्ट हुनेमा ढुक्क रहेको बताए। ‘अभिकर्ताहरुलाई कम्पनीको ब्रान्ड एम्बेसेडर हुनुहुन्छ’, झाले अभिकर्ताहरुलाई थप हौसला प्रदान गरे।

त्यस्तै अर्का सञ्चालक नन्दकिशोर शर्माले अभिकर्ताहरु नै कम्पनीका मेरुदण्ड भएको जनाउँदै कम्पनीको उपलब्धिको सम्पूर्ण श्रेय अभिकर्तालाई नै जाने बताए।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसेडर राजेश हमालले सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम्पनीको मूल्य र मान्यतामा अडिग रही लाखौं नेपालीहरुको विश्वास जित्दै बीमा कम्पनीहरुको क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएकोले त्यसमा आफू पनि सहभागी हुन पाएकोमा गौरवान्वित महसुस गरेको जनाए। उनले कम्पनी एवं अभिकर्ताहरुले बीमितहरुको विश्वास जित्दै बलियो सम्बन्ध स्थापित गरोस् भन्दै शुभकामनासमेत दिए।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?