National life

रिलायबल लाइफको बीमितलाई आग्रह: तुरुन्त KYC अद्यावधिक गर्नुहोस्

समयमै KYC नगरे समस्या, रिलायबल लाइफले दियो अल्टिमेटम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
801Shares
रिलायबल लाइफको बीमितलाई आग्रह: तुरुन्त KYC अद्यावधिक गर्नुहोस्
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सबै बीमित ग्राहकलाई ‘केवाईसी’ विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले असार १५ गते जारी गरेको अत्यावश्यक सूचनामार्फत यस्तो अनुरोध गरेको हो।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधान र नेपाल बीमा प्राधिकरणको निर्देशिका अनुरूप ग्राहकको विवरण अद्यावधिक गर्नु अनिवार्य भएको कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार ग्राहकहरूले राष्ट्रिय परिचयपत्र, हालको फोटो, सम्पर्क विवरण, ठेगाना तथा आयस्रोतसम्बन्धी कागजातसहित नजिकैको शाखा वा उपशाखामा पुगेर केवाईसी प्रक्रिया पूरा गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालय पुग्न असमर्थ ग्राहकका लागि वैकल्पिक व्यवस्था पनि गरिएको छ। कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गर्ने, अभिकर्तामार्फत प्राप्त गर्ने तथा आवश्यक कागजातसहित इमेल वा ह्वाट्सएपमार्फत पठाएर पनि विवरण अद्यावधिक गर्न सकिनेछ।

निर्धारित समयभित्र केवाईसी अद्यावधिक नगरेमा कम्पनीले नियामकीय व्यवस्था अनुसार केही सेवा सीमित वा बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?