National life

प्रभु लाइफ र महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
1.2kShares
प्रभु लाइफ र महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु
ncell

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले महालक्ष्मी प्रभु लाइफ इन्स्याेरेन्सकाे रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड”को नामबाट एकीकृत कारोबारको थालनी गरेकाे हाे ।

प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलको प्रमुख आतिथ्यतामा एकीकृत कारोबारको सूरुवात गरिएकाे हाे । एकिकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बीच कारोबार गर्ने आशा व्यक्त गरे ।

दुबै कम्पनीले जेठ २६ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी मर्ज भएका हुन ।

मर्जर पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने कम्पनीले जनाएको छ ।

एकिकृत कारोबार प्रयोजनको लागि दुबै कम्पनीको सम्पुण हिसाब तथा तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पुणर् बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?