National life

कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ साउन २०८२, बिहिबार
1.2kShares
कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन
ncell

बनेपा । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। बनेपा मार्भल प्यालेस द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बनेपा नगरपालिका प्रमुख श्री शान्ति रत्न शाक्य ज्यूको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक श्री अभ्यास भुषण तिवारी ज्यूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्री शान्ति रत्न शाक्य ज्यूले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “कजारिया जस्तो प्रतिष्ठित ब्रान्ड बनेपामा आउनु हाम्रो शहरका लागि गर्वको कुरा हो। यस नयाँ शोरुमले हाम्रो क्षेत्रमा बढ्दो सम्भावनाको प्रतिबिम्ब देखाउँछ र स्थानीय समुदायको गुणस्तरीय पूर्वाधार तथा डिजाइन आवश्यकतामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ।  गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?