काठमाडौैं । आज बिहान प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध रुपमा राखेको सुन बरामद गरेको छ।
न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा प्रहरीले करिब ८ किलो सुन फेला पारेको थियो ।
प्रहरीले अवैध सुन कारोबारमा संलग्न पदम पाण्डेलाई पक्राउ गरेको छ। प्रहरीले पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना पाएपछि छापा मारेको थियो ।
हाल पाण्डे र अवैध सुन छापाखानामाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


































