काठमाडौं । आज बिहीबारका दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
क्रमशः चार दिनसम्म स्थिर रहेको सुनको मूल्य बिहीबार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ४ सयले घटेको छ ।
हिजो बुधवारका दिन प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज १ लाख १८ हजारमा कारोबार भइरहेको महासंघको जानकारी छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।


































