National life

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा, यस्ता छन् बिशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
551Shares
रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा, यस्ता छन् बिशेषता
ncell

काठमाण्डौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रों चाँडै ल्याउने भएको छ । आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रों ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ ।

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रों मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रों मा १२० हट्जको रिफ्रेस रेट राखिएको छ ।

दमदार पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रों मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।

अत्याधुनिक क्यामेरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो ंको क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि ६४ बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगापिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रों मा उपलब्ध छ । यी अत्याधुनि कक्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथाफोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ ।

टिकाउ ब्याट्री तथा सुपर फास्ट चार्जिङ्ग

६७ वाटको सुपरभोक सुपर फास्ट चार्जीङ्गयुक्त ५ हजार एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रों का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशुल्क पाईन्छ ।

नेपालमा रियलमी १२ प्रों को १२ जिबी ¥यामर २५६ जिबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?