काठमाडौँ । घरेलु बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
































