National life

सेयरको साता समिक्षा : कुल बजार पुँजीकरण ०.६३ प्रतिशतले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ चैत २०८०, शनिबार
601Shares
सेयरको साता समिक्षा : कुल बजार पुँजीकरण ०.६३ प्रतिशतले घट्यो
ncell

काठमाडौँ । औषत कारोबार रकम घटेको नेप्से परिसूचक यस साता करिब १३ अंक घटेर बन्द भएको छ। गत साता २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, यस साता १२.९३ अंक घटेर २०३५.६४ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साता भरमा ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से घटेको हो भने दुई कारोबार दिन बढेको थियो। यस साता मङ्गलवार र बिहीबार नेप्से बढेको थियो।

गत साताको तुलनामा घटेको नेप्सेमा यस साता सेन्सेटिभ इन्डेक्स ६.३३ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५१ अंक घटेको छ। त्यस्तै दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३१.३३ प्रतिशत कम हो। यस साता दैनिक औषत शेयर सङ्ख्या ३७.७५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार सङ्ख्या १८.०८ प्रतिशत घटेको छ। साता भरमा नेप्सेको कुल बजार पुँजीकरण पनि ०.६३ प्रतिशतले घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साताको अन्तिम कारोबार दिन २० अर्ब घटेर ३२ खर्ब ४८ अर्बमा सीमित भएको छ।

यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। त्यसै गरी १३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७.८४ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यसै उपसमूहको परिसूचक सर्वाधिक ५२८.५९ अंक बढेको छ। यस साता दुई कम्पनीको कुल ४७ लाख ९४ हजार ६६१.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता तारा गाउँ रिजेन्सी होटलको बोनस शेयर र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यस साता सर्वोत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक ४६.३३ प्रतिशत बढेको छ। त्यसै गरी, यस साता पिपुल्स पावरको सेयर मूल्य २५.६० प्रतिशत बढेको छ भने रिभर फल्स पावरको सेयर मूल्य करिब साढे १९ प्रतिशत बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?