National life
cg eloctronics

कालीमाटीमा च्याउको भाउ घट्यो, प्याज पनि सस्तियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
877Shares
कालीमाटीमा च्याउको भाउ घट्यो, प्याज पनि सस्तियो
muktinatha bikash bank

काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार बजारमा केही तरकारीको मूल्य घटेको छ। समितिका अनुसार आज प्याज र च्याउसहितका तरकारीको भाउमा गिरावट आएको हो।

बजारमा आज कन्य च्याउको औसत मूल्य प्रतिकिलो ३३० रुपैयाँ र डल्ले च्याउको मूल्य ४५८ रुपैयाँ कायम भएको छ। त्यस्तै भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ८८ रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अन्य तरकारीहरूको मूल्यमा ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ र लोकल बन्दा २५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, हाइब्रिड मुला २५ रुपैयाँ, लाम्चो भन्टा ३३ रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

समितिका अनुसार तने बोडी ९५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लौका ९५ रुपैयाँ, लोकल परबल ९२ रुपैयाँ, घिरौँला ९५ रुपैयाँ र भिन्डी ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। सागपाततर्फ रायोको साग ७५ रुपैयाँ र पालुंगोको साग १२५ रुपैयाँ प्रतिकिलो कायम छ।

everest bank

समितिले सार्वजनिक गरेको यो मूल्य थोक बजारको हो। खुद्रा बजारमा भने यी तरकारीहरूको मूल्य केही बढी हुन सक्नेछ। धेरैजसो तरकारीको मूल्य भने अघिल्ला दिनकै हाराहारीमा स्थिर रहेको समितिले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?