National life

मासु जाँच ऐन कार्यान्वयन गर्न १२ वटा प्राविधिक टास्क फोर्स गठन

मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
379Shares
मासु जाँच ऐन कार्यान्वयन गर्न १२ वटा प्राविधिक टास्क फोर्स गठन
ncell

काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनलाई तीव्र बनाउन पशु सेवा विभागले प्रदेश र स्थानीय तहमा परिचालन हुने १२ वटा प्राविधिक टास्क फोर्स गठन गरेको छ ।

विभागले टोलीका सदस्यलाई अभिमुखीकरण सम्पन्न गरिसकेको जनाएको छ । महानिर्देशक डा. उमेश दाहालले संघीय सरकारका तर्फबाट प्रदेश र स्थानीय तहलाई ऐन कार्यान्वयनमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन टास्क फोर्सलाई निर्देशन दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत भदौ ३० गते बसेको सचिवस्तरीय बैठकले ऐन कार्यान्वयनमा कुनै तयारी बाँकी नरहने गरी आवश्यक काम अघि बढाउन विभागलाई निर्देशन दिएको थियो । त्यसपछि विभागले कार्यान्वयन संयन्त्रलाई सक्रिय बनाएको हो ।

यसैबीच, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर ऐन कार्यान्वयनको प्रगति अनुगमन गर्न विभागका उपमहानिर्देशक डा. विकास श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय पशु वधशाला तथा मासु जाँच कार्यान्वयन समिति पनि गठन गरिएको छ । विभागका अनुसार उक्त समितिले कृषि, वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा प्रत्येक हप्ता बस्ने बैठकमा कार्यप्रगतिको प्रतिवेदन पेश गर्नेछ । 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
379SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?