National life

शिवम् सिमेन्टद्वारा ७८.४४ करोड खुद नाफा आर्जन, आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
998Shares
शिवम् सिमेन्टद्वारा ७८.४४ करोड खुद नाफा आर्जन, आम्दानी कति ?
ncell

काठमाण्डौ । शिवम् सिमेन्टको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले उक्त अवधिमा ७८ करोड ४४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको बिक्री आम्दानी पनि केही घटेको छ । अघिल्लो आवमा ७ अर्ब ७६ करोड रुपैयाँ रहेको कम्पनीको बिक्री आम्दानी घटेर ६ अर्ब ९२ करोड रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको अघिल्लो आवमा १ अबै ७२ करोड रहेको कम्पनीको ग्रस प्रफिट घटेर १ अर्ब ५९ करोड पुगेको छ ।

कम्पनीले यो अवधिमा १३ करोड ३२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

यसैगरी कम्पनीले खर्च घटाएको छ । कम्पनीको खर्च ९३ करोड १६ लाखबाट घटेर ८० करोड ८१ लाखमा सीमित बनेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड र कुल चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३.७१ रुपैयाँ र तरलता अनुपात १.६४ प्रतिशत कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?