National life
cg eloctronics

युद्ध र आपूर्ति संकटको असर : विश्व बजारमा वस्तु महँगिने

तेलदेखि खाद्यान्नसम्म महँगीको जोखिम, सन् २०२६ मा वस्तुको मूल्य उच्च दरले बढ्ने प्रक्षेपण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|१२ कात्तिक २०८३, बिहिबार
1.3kShares
युद्ध र आपूर्ति संकटको असर : विश्व बजारमा वस्तु महँगिने
muktinatha bikash bank

काठमाडौं । मध्यपूर्वमा जारी युद्ध र विश्वव्यापी आपूर्ति अवरोधले महँगीको जोखिम बढाएको छ। विश्व बैंकले सन् २०२६ मा विश्व बजारमा वस्तुहरूको मूल्य २३ प्रतिशतले बढ्न सक्ने प्रक्षेपण गर्दै ऊर्जा, खाद्यान्न र धातुको मूल्यवृद्धिले विश्व अर्थतन्त्रमा थप दबाब पार्ने चेतावनी दिएको छ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘कमोडिटी मार्केट्स आउटलुक’ प्रतिवेदनमा विश्वव्यापी संकटले तेल, प्राकृतिक ग्यास, खाद्यान्न र धातुलगायत वस्तुको मूल्यमा दबाब सिर्जना गरेको उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रतिवेदनअनुसार मध्यपूर्वको युद्धले समुद्री मार्गबाट हुने ढुवानी प्रभावित भएको छ। त्यस्तै, कालो सागर क्षेत्रबाट अन्न निर्यातमा देखिएका कठिनाइ र सुनजस्ता सुरक्षित लगानीका साधनप्रति बढ्दो आकर्षणले पनि बजारमा मूल्यवृद्धिको दबाब बढाएको छ।

मध्यपूर्वको द्वन्द्व थप विस्तार भएमा र रुसी तेल पूर्वाधारमा क्षति पुग्ने क्रम जारी रहेमा विश्व बजारमा आपूर्ति संकट थप गहिरिन सक्ने बैंकले चेतावनी दिएको छ। यसले ऊर्जा तथा अन्य वस्तुको मूल्यमा थप वृद्धि गराउन सक्छ।

everest bank

विश्व बैंकले सन् २०२७ मा भने वस्तुहरूको मूल्य औसतमा ७ प्रतिशतले घट्न सक्ने प्रक्षेपण गरेको छ। यद्यपि, आपूर्ति अवरोध कायम रहेमा खाद्यवस्तुको मूल्य अपेक्षाअनुसार घट्न नसक्ने जोखिम छ।

प्रतिवेदनमा सन् १९५० यताकै प्रतिकूल एल निनो मौसमी प्रभाव देखिने सम्भावनाले कृषि उत्पादनमा असर पार्न सक्ने पनि औँल्याइएको छ। मौसमजन्य जोखिम र आपूर्ति समस्याले खाद्यान्न महँगो बनाइराखेमा विश्वव्यापी मुद्रास्फीति थप बढ्न सक्छ।

यस्तो अवस्थामा मूल्यवृद्धि नियन्त्रण गर्न विभिन्न देशका केन्द्रीय बैंकले मौद्रिक नीति थप कसिलो बनाउनुपर्ने दबाब सिर्जना हुन सक्ने विश्व बैंकको आकलन छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?