काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।
महानगर भित्रका पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि नै महानगर प्रहरीले उच्च निगरानीका साथ जफत गर्न थालेको हो ।
काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको छ।
महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ।
महानगर प्रहरीले अनुगमनका लागि १०-१० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै अनुगमन बढाउनका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ ।
एसपी जोशीले भने ‘अनुगमन गर्दा पसलमा सुर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल नै बन्द गराउने सम्मको कारबाही हुनेछ ।’


































