National life

मेलम्ची खानेपानी आयोजना मर्मत अन्तिम चरणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
1.2kShares
मेलम्ची खानेपानी आयोजना मर्मत अन्तिम चरणमा
ncell

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना मर्मत र पानी पथान्तरणको काम अन्तिम चरणमा पुगेको छ ।

२०७८ साल असारमा बाढीले क्षति पुर्याएका संरचना मर्मत गरी काठमाडौंवासीका घरघरसम्म पानी पुर्याउन भइरहेको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । सिनियर डिभिजनल इन्जिनियर कुँवरले अबको १० दिनभित्र काम सम्पन्न हुने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले राष्ट्रिय समाचार समिति ९रासस०सँग भनेका छन्, ‘अबका बाँकी काम केही कठिन छ । जस्तोसुकै परिस्थिति आए पनि १० दिनभित्र काम सम्पन्न हुन्छ ।’

उनले सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए । सरकारले पुस महिनाभित्र मेलम्चीको पानी वितरण गरिसक्ने लक्ष्य राखेको छ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही अनुसार ठेकेदार कम्पनीलाई काममा खटाइएको थियो । अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए ।

यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामको प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ ।

अवलोकन टोलीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?