National life

आजको मौसम: देशका केही स्थानमा मनसुनी वायुको प्रभाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असोज २०८१, शुक्रबार
757Shares
आजको मौसम: देशका केही स्थानमा मनसुनी वायुको प्रभाव
ncell

काठमाडौं । आज बडादशैंको आठौं दिन महाअष्टमी र महानवमी मनाईदैछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।

यस्तै कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, आज राति कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?