National life

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
1.7kShares
अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु
ncell

काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।

दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।

भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो ।

Royal Enfield
nic asia capital
प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?