National life

वडाको सिफारिस बिना नै नागरिकता दिएको खुलासा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
1.2kShares
वडाको सिफारिस बिना नै नागरिकता दिएको खुलासा
ncell

काभ्रे । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ।

दावाले काभ्रेबाट वि. सं. २०७४ पुष २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

’एक वर्षअघि सीआईबी निमा तामाङको बारेमा अनुसन्धान गर्न आएको जानकारी दिँदै तत्कालीन वडाध्यक्ष कृष्णबहादुर लामाले सुन काण्डका मुख्य योजनाकार भने ’निमाको तीन पुस्ते विवरण र निमालाई पनि खोजबिन गरेको थियो । वडाबाट निमा तामाङलाई नागरिकता बनाउन सिफारिस नै नगरिएकाले विवरण फेला पर्ने कुरा पनि भएन र थिएन पनि।’

वि.सं. २०७१ साउन १७ गते वडा कार्यालयले नगरपालिकामार्फत् सीआईबीलाई पत्र पठाएको थियो । तत्कालीन वडा अध्यक्ष लामाले निमालाई नागरिकता बनाउन सिफारिस नगरिएकाले सोही व्यहोराको पत्र वडा कार्यालयबाट नगरपालिका हुँदै सीआईबीलाई पठाइएको बताए ।

वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई समेत निमा नमोबुद्ध ११ का नागरिक नभएको जानकारी पठाएको लामाले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?