National life

स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासकविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

आयभन्दा २ करोड बढी खर्च गरेको आरोप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
741Shares
स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासकविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा
ncell

काठमाडौं । आयभन्दा २ करोड रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको आरोपमा स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार डा. सापकोटाले सरकारी सेवामा रहँदा आफ्नो वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत पुष्टि गर्न नसकेको आरोप लगाइएको छ ।

अख्तियारले डा. सापकोटाको २०५२ माघ २८ गतेदेखि २०८० जेठ ३० गतेसम्मको आय–व्यय तथा सम्पत्ति विवरण विश्लेषण गरेको थियो । अनुसन्धानबाट उक्त अवधिमा उनको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ रहेको देखिएको आयोगले जनाएको छ ।

तर सोही अवधिमा उनले जग्गा खरिद तथा घर निर्माण, सवारीसाधन, सेयर, बीमा, विदेश भ्रमण, अध्ययन खर्च, सुन खरिद र बैंक मौज्दातलगायत शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको दाबी छ ।

यसरी वैधानिक आयभन्दा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बढी खर्च तथा लगानी भएको र उक्त रकमको वैध स्रोत पुष्टि हुन नसकेको भन्दै आयोगले सोही रकम बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो ।

अख्तियारले डा. सापकोटाबाट बिगो असुल गरी बिगो बराबर जरिवाना र कैद सजायको माग गरेको छ । साथै, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा त्यसबाट बढे–बढाएको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको आरोपमा समेत डा. सापकोटामाथि थप सजायको माग गरिएको आयोगले जनाएको छ ।

अख्तियारले डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई पनि प्रतिवादी बनाएको छ । उनका नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
741SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?