National life

शेयर बजारमा दमदार कमब्याक: अधिकांश कम्पनीका लगानीकर्तामा खुशी

नेप्से परिसूचक ७९.७४ अंकले बढ्दै कारोबार ४ अर्ब पार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
3.7kShares
शेयर बजारमा दमदार कमब्याक: अधिकांश कम्पनीका लगानीकर्तामा खुशी
ncell

काठमाडौं । सेयर बजारमा शुक्रबार उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक ७९.७४ अंकले बढ्दै २६७७.५४ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा १ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोडभन्दा माथि पुगेको छ। बजारमा व्यापक हरियाली देखिँदा २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनी घटेका छन् र २ कम्पनी स्थिर रहेका छन्।

आज श्रीनगर एग्रीटेक, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर, रिज लाइन इनर्जी र मिड सोलु हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्।

त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १५ करोड ६० लाख, रिडी पावरको १५ करोड ३६ लाख, ङादी ग्रुपको १४ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
3.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?