National life

४ अर्बभन्दा बढी कारोबारबीच नेप्से दोहोरो अंकले घट्यो

बजारको समग्र अवस्था हेर्दा अधिकांश कम्पनीमा गिरावट देखिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० असार २०८३, बुधबार
1.6kShares
४ अर्बभन्दा बढी कारोबारबीच नेप्से दोहोरो अंकले घट्यो
ncell

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको प्रवृत्ति बुधबार पनि कायम रह्यो। यस दिन नेप्से परिसूचक १४.४५ अंकले घट्दै २६६०.०२ विन्दुमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारतर्फ भने बजार सक्रिय देखिएको छ। दिनभरमा १ करोड ७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

बजारको समग्र अवस्था हेर्दा अधिकांश कम्पनीमा गिरावट देखिएको छ। कुल ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

आज केही जलविद्युत र लघुवित्त कम्पनीहरूमा भने उल्लेखनीय वृद्धि देखियो। टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, भुजुङ हाइड्रोपावरमा ११.८९ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तमा ९.९० प्रतिशत र सर्पोट माइक्रोफाइनान्समा करिब ४.९७ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर देखिँदा सूचकमा दबाब परेको विश्लेषण गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?