National life

रिलायबल नेपालको नयाँ बोनसदर सार्वजनिक: कुन बीमालेखमा कति बोनस ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
633Shares
रिलायबल नेपालको नयाँ बोनसदर सार्वजनिक: कुन बीमालेखमा कति बोनस ?
ncell

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ।

नेपाल बीमा प्राधिकरण्णले कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी प्रतिवेदन फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो।

कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने उल्लेख गरेको छ। त्यस्तै रिलायबल सुलभ जीवन बीमालेख र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता रिलाबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा २५ देखि २६ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ।

साथै, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० र ५५ रुपैयाँ, रिलायबल समुन्नती जीवन बीमा योजनामा २० रुपैयाँदेखि २३ रुपैयाँसम्म र रिलायबल उच्च शिक्षा योजना ९बालबच्चाको सावधिक बीमालेख० मा ६० देखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?